२०७९ जेष्ठ १३ शुक्रबार

छोरा बिदेशमा बुहारीसंगै बस्दै आएका आमाबाबु मृत भेटीए

छोरा बिदेशमा बुहारीसंगै बस्दै आएका आमाबाबु मृत भेटीए,,,

बुटवल । बुटवलको शिवनगर सामुदायिक वनको जंगलमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् ।

मृतक दम्पती बुटवल उपमहानगरपालिका वडा नं. ११ का ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

गत वैशाख ६ गते आफन्त भेट्न भन्दै घरबाट हिँडेका उनीहरू घर नफर्किएपछि खोजी गर्दै जाँदा आइतबार मृत फेला परेको प्रहरीले जनाएको छ। उनीहरूका छोराहरू वैदेशिक रोजगारीमा रहेको र घरमा छोरी तथा बुहारीसँगै बस्दै आएको प्रहरीले जनाएको छ।

उनीहरूको शवनजिकै शिशाका बो’त्तल, र’क्सी’लगायतका वस्तु फेला परेकाले उनीहरूले सा’मू’हि’क रूपमा देहत्याग गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरू गरेको जनाएको छ। फाइल तस्विर

२०७९ बैशाख १२, सोमबार प्रकाशित 0 Minutes 205 Views

ताजा समाचार