२०७९ जेष्ठ ८ आईतवार

काठमाडौँको जमलबाट २ जना प’क्राउ,,,,,

काठमाडौँ, वैशाख ।

काठमाडौँको जमल सेतोढोकास्थित होटलबाट २ जना जना पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका-१ महेन्द्रशालिकस्थित होटल मिर्चीबाट उनीहरूलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा दोलखा मेलुङ गाउँपालिका-४ भेड्पु घर भएका २९ वर्षीय तुलसाङ दोर्जे गोले र काभ्रे पाँचखाल नगरपालिका-२ घर भएका ३८ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् ।

रेडपाण्डाको छाला बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनिहरु १ थान छालासहित पक्राउ परेका हुन । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

थप: काठमाडौँ (मुड्खुभन्ज्याङ),सङ्घीय राजधानीसँग जोडिएको पासाङल्हामुु राजमार्गको मुड्खुभन्ज्याङदेखि ककनीसम्मको सडक विस्तार तथा स्तरोन्नति सुरु भएको आठ वर्ष भयो तर काम भने अलपत्र छ ।

सम्बन्धित निकाय र निर्माण कम्पनीको चरम लापरबाहीका कारण कुल १७.०१ किलोमिटरको सो सडकखण्ड नबन्दा स्थानीयवासीले आठ वर्षदेखि बर्खामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्दै आएका छन् । त्यति मात्र नभई राजधानीबाट फोहोर बोकेका गाडी त्यसतर्फ जान नपाउँदा सङ्घीय राजधानी काठमाडौँमा पटक–पटक फोहोर थुपिँ्रदै आएको छ ।

२०७९ बैशाख १२, सोमबार प्रकाशित 1 Minute 142 Views

ताजा समाचार