२०७९ जेष्ठ ८ आईतवार

निर्माणाधीन घरको ढलमा भेटियो पुरुषको शव,,,

विराटनगर : मोरङको उर्लाबारी नगरपालिकामा निर्माणाधीन घरको ढलमा शुक्रबार दिउँसो एक जना पुरुषको शव फेला परेको छ।

उर्लाबारी नगरपालिका–५ स्थित सञ्जीव तामाङको निर्माणाधीन घरको ढलमुनि शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार शव नग्न अवस्थामा भेटिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शव उर्लाबारी–७ का अन्दाजी ४० वर्षीय ज्ञाने दर्जीको भएको खुलेको छ।

उनी ५ दिनदेखि परिवारबाट सम्पर्कविहीन बनेका थिए। शंकास्पद अवस्थामा भेटिएको शव प्रहरीले पोस्मार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको छ। डीएसपी श्रेष्ठका अनुसार सडेको अवस्थामा दुर्गन्धित शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका हुन्।

‘निर्माणाधीन घरको ढलमा निवस्त्र अवस्थामा पुरुषलाई मृत फेला पारिएको छ,’ उनले भने, ‘शव पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरिएको छ।’ प्रारम्भिक अनुसन्धानबाट मृत्युको कारण खुल्न नसकेको र पोस्टमार्टम रिपोर्ट आएपछि घटना यकिन हुने श्रेष्ठले बताए। साभार : अन्नपूर्ण पोष्ट

२०७९ बैशाख १७, शनिबार प्रकाशित 0 Minutes 170 Views

ताजा समाचार