२०७९ जेष्ठ १३ शुक्रबार

बलात्कारको आरोपमा म्यादी प्रहरी पक्राउ

काठमाडौं । बलात्कारको आरोपमा एक म्यादी प्रहरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत हिमाल विष्ट बलात्कार आरोपमा पक्राउ परेका हुन् ।

काठमाडौंकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पीडित किशोरीले महानगरीय प्रहरी वृत्त लैनचौरमा उजुरी दिएकी थिइन् ।

थप:दुवै आँखाको ज्योति गुमाएका पोखराका फणीन्द्र पौडेलले जनप्रतिनिधि चुन्न हालसम्म ७ पल्ट मतदान गरिसके । सातैपल्ट उनले गोप्य मतदान गर्न पाएनन् । सहयोगीको भरमा मतदान गर्दा विश्वासिलो नहुने उनको तर्क छ । वैशाख ३० को स्थानीय तह निर्वाचनमा उनी मतदान नगर्ने अडानमा छन् ।

‘अर्कैले भोट हाल्दा मैले चाहेकै चुनाव चिह्नमा भोट खस्यो भन्ने कसरी विश्वास गर्ने ?,’ उनले भने, ‘निर्वाचन आयोगले जबसम्म दृष्टिविहीन आफैंले भोट हाल्ने वातावरण बनाउँदैन तबसम्म भोट हाल्दिनँ । यो मेरो कठोर निर्णय हो ।’ विद्युतीय भोटिङ मेसिन हुँदा दृष्टिविहीनको लागि मतदान सजिलो हुने उनले बताए ।

अपांगता स्वावलम्बन विकास संघ, नेपालले शुक्रबार पोखरामा अपांगता भएका व्यक्तिको राजनीतिक अधिकार सुनिश्चित गर्न र पहुँचयुक्त निर्वाचन प्रणालीको विकासको लागि सरोकारवालासँग नीतिगत संवाद चलायो । छलफलमा अधिकांश अपांगता भएका व्यक्तिले निर्वाचन प्रणाली अपांगतामैत्री र पहुँचयुक्त नभएको गुनासो गरे ।

२०७९ बैशाख १८, आईतवार प्रकाशित 0 Minutes 115 Views

ताजा समाचार