२०७९ जेष्ठ ९ सोमबार

बिहे गरेको एक महिना नबित्दै…

काठमाडौँ, कैलालीमा एक दम्पती रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

घोडाघोडी नगरपालिका १० तुलसीपुर सामुदायिक वनमा एउटै डोरीको पासोमा झुन्डिएको अवस्थामा बझाङको जय पृथ्वी नगरपालिका २ का २८ वर्षीय अमरराज जोशी र उनकी श्रीमती २४ वर्षीया अस्मिता सिंह मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले गत २६ चैतमा मात्रै प्रेम विवाह गरेर कैलाली आफन्तकोमा आएर बसेको र २७ चैतदेखि बेपत्ता थिए ।

आइतबार बिहान गोठालाहरूले शव देखेपछि प्रहरीलाई खबर गरेको थिए । सडेको अवस्थामा फेला परेका शव उक्त जोडीको भएको प्रमाणित भएपछि प्रहरीले स्थानीयको रोहबरमा मुचुल्का उठाइ आफन्तको जिम्मा लगाएको छ ।

उनीहरूले २७ चैतमै आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७९ बैशाख १९, सोमबार प्रकाशित 0 Minutes 87 Views

ताजा समाचार