२०७८ मंसिर १२ आईतवार

कोरिया रोजगारीका लागी खुल्ला गरिने निश्चित : मन्त्रीपरी सदको आदेश

संसदीय समितिले इपिएस परीक्षा पास गरेर अलपत्र परेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले इपिएस परीक्षा पास गरेर बसेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

इपिएस परीक्षा पास गरेर बसेका करिब १० हजार कामदारहरुले दक्षिण कोरिया पठाउने काममा सरकारले आलटाल गरेको भन्दै समितिमा उजुरी दिएका थिए । सोही उजुरीको सुनुवाइ गर्दै सम्बन्धित मन्त्रालयसँग छलफल गरी आवश्यक प्रक्रिया पूरा गरी तत्काल उनीहरुलाई दक्षिण कोरिया पठाउन निर्देशन दिइएको समितिका सभापति रामनारायण बिडारीले जानकारी दिए ।

बैठकमा इपिएस परीक्षा पास गरेका कामदारहरुलाई समेत दक्षिण कोरिया पठाउने काममा आलटाल गरेको भन्दै समितिका सदस्यहरुले सरकारको चर्को आलोचना गरेका थिए । समितिका सदस्य खिमलाल देवकोटाले सबै प्रक्रिया पूरा गरेका कामदारलाई अझै दक्षिण कोरिया नपठाएर सरकारले निर्लज्जता प्रकट गरेको भन्दै आपत्ति जनाए । त्यसैगरी समितिका अर्का सदस्य राधेश्याम अधिकारीले उडान, खोप सबैको तत्काल व्यवस्था गरी उनीहरुलाई दक्षिण कोरिया पठाउने काममा ढिलाई नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

समितिका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै मुख्य सचिव शंकरदास बैरागीले प्रक्रिया पूरा गरी इपिएस परीक्षा पास गरेकाहरुलाई छिटो दक्षिण कोरिया पठाउन आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कोभिड संकटका कारण उनीहरुले समयमै कामका लागि दक्षिण कोरिया जान नसकेको पनि समितिका सदस्यहरुलाई जानकारी दिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले खोप, उडानका लागि प्लेनको आवश्यक व्यवस्था मिलाउन नसक्दा इपिएस परीक्षा पास गरेर पनि कामदारहरुलाई दक्षिण कोरिया पठाउने काममा ढिलाई भएको स्पष्टिकरण दिए । उनले ती समस्या समाधान गर्ने कामलाई अघि बढाइएको पनि समितिलाई जानकारी दिए ।

समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कोरियाका लागि जाने कामदारहरुका लागि कोरोना विरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरेका थिए भने परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले श्रम सम्झौताका लागि कुनै समस्या भए तत्काल सम्बोधन गर्न आफ्नो मन्त्रालय तयार रहेको बताएका थिए ।

यो पनी पढ्नु होस>>>>>>

सरकारले कोभिड-१९ विरुद्धका सबै खोप प्राप्तिका लागि पहल गरेको अवस्थामा फाइजरसँग पनि “एक तहको समझदारी भइसकेको” र उक्त खोप खरिद गर्नका लागि “स्रोतको पनि जोहो भइसकेको” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए।अमेरिकासहित केही मुलुकमा फाइजर-बायोएनटेकले विकास गरेको खोप १२ वर्षमाथिका उमेर समूहमा पनि प्रयोगमा ल्याइएको छ।

नेपालमा पनि सरकारले १२ देखि १८ वर्ष उमेर समूहका मानिसलाई उक्त खोप दिने लक्ष्य राखेको अर्यालले जानकारी दिए।

सरकारले बालबालिकाको सङ्ख्याका आधारमा ६० लाख फाइजर खोप प्राप्तिका लागि पहल अघि बढाइएको बताइएको छ।त्यसबाहेक कोभ्याक्स सुविधामार्फत् थप ४० लाख मात्रा फाइजर खोप नेपालमा ल्याउने तयारी भइरहेको अधिकारीहरू बताउँछन्। “हामीले गोप्य सम्झौता बल्ल गरेका छौँ। अब सङ्ख्या र मूल्यमा मध्यस्थता गर्ने हो “

“‘हामीले खोप किन्ने प्रक्रिया अघि बढाएका छौँ। उहाँहरूसँग वार्ता गरिरहेका छौँ,” अर्यालले भने।अहिलेसम्म नेपालमा कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप प्रयोगमा ल्याइएको छ।जोनसन एन्ड जोनसन खोप एक मात्रा दिए पुग्छ भने अरू खोप दुई मात्रा दिनुपर्छ।

खोप किन्ने स्रोतको जोहो कसरी?
अर्यालका अनुसार सरकारले फाइजर खोपको उत्पादक फाइजर-बायोएनटेकसँग एउटा “गोप्य सम्झौता” गरिसकेको छ।”अब बल्ल सङ्ख्या र मूल्यमा मध्यस्थता गर्ने हो,” उनले भने।”त्यसपछि पूर्वाधार बनाउनुपर्ने कुरा हुन्छ। समय लाग्छ। हामीले भविष्यको कुरा पनि सोचेका हौँ।”फाइजरसँग खोप खरिद गर्नका लागि विश्व ब्याङ्क र एशियाली विकास ब्याङ्कको ऋण र अनुदान सहयोग परिचालन गरिने तय भएको अधिकारीहरू बताउँछन्।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी आवश्यकताअनुसार विश्व ब्याङ्क वा एशियाली विकास ब्याङ्कबाट अथवा दुवैबाट रकम प्राप्त हुने स्रोत परिचालन गरिनेगरी तयारी अघि बढाइएको बताउँछन्।कोभ्याक्समार्फत् ल्याइने भनिएको खोप पनि नेपालले खरिद गर्ने अर्यालले जानकारी दिए।”कोभ्याक्सको अलि सस्तो हुन्छ। सीधा खरिद अलि महँगो हुन्छ,” उनले थपे।

भण्डारण र वितरणमा कस्ता चुनौती?
हालसम्म विकास भएका कोभिड खोपमा भण्डारण र वितरणका हिसाबले सबैभन्दा चुनौतीपूर्ण खोप फाइजरको रहेको विज्ञहरूको भनाइ छ।फाइजर खोपलाई निकै कम तापक्रममा राखेर ढुवानी गर्नुपर्ने भएकाले त्यसलाई खोप प्रयोगमा एउटा अवरोधका रूपमा लिइएको थियो।सुरुमा उक्त खोपलाई माइनस ८० देखि माइनस ६० डिग्री सेल्सीअसमा भण्डारण गर्नुपर्ने आवश्यक ठानिएको थियो।

तर गत फेब्रुअरीमा अमेरिकाले यस खोपको भण्डारण र पारवहनको मापदण्डलाई सुधारेर माइनस १५ देखि माइनस २५ डिग्री सेल्सीअसमा फ्रिजमा दुई सातासम्म राख्न सकिने व्यवस्था स्वीकृत गरेको थियो।

२०७८ श्रावण १८, सोमबार प्रकाशित 1 Minute 202 Views

ताजा समाचार