२०७९ जेष्ठ १३ शुक्रबार

फेसवुकबाट लभ परेर बिबाह गर्ने बेहुलाले मोटरसाईकल मागेपछी….

काठमाडौं,

झापा, मेचीनगर १७ ज्यामिरगढीमा शुक्रबार बिहान मोटरसाइकल दाइजो माग्ने दुलाहालाई गाउँलेले प्रहरीको जिम्मा लगाएका छन् ।

ज्यामिरगढीकी एक युवतीसँग विवाह गरेका उनले दुलही लैजाने क्रममा दाइजोबापत् मोटरसाइकल प्रस्ताव गरेपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।

दाइजो माग्ने युवा झापा गाउँपालिकाको टाघनडुब्बाका डेबिड गनगाई हुन् । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका उनको केही महिनाअघि ती युवतीसँग फेसबुकबाट कुराकानी भएर प्रेम भएको थियो । महिनादिनअघि विदेशबाट फर्किएपछि उनी युवतीको हात माग्न आएका थिए । पारिवारिक सरसल्लाहमै विवाहको निधो भएको थियो ।

‘माग्न आउँदा हामीले दाइजोमा मोटरसाइकल दिन सक्दैनौं भनेर प्रस्ट पारेका थियौं; दुलाहाको परिवार मन्जुर भएको थियो,’ युवतीकी हजुरआमा रञ्जना चौधरीले भनिन्, ‘तर आज आएर मोटरसाइकल मागेपछि प्रहरीको जिम्मा लगाउनुपर्‍यो ।’

चौधरीका अनुसार दाइजोबापत टीभी, फ्रिजदेखि सोफासेटसम्मका करिब ४ लाख रुपैयाँ बराबरको सामग्री दिइएको थियो । दुलाहाले त्यो सामग्री अपूग भएको भन्दै मोटरसाइकल मागे । ‘हामीले क्षमताअनुसार साइकलचाहिँ दिएका थियौं,’ उनले भनिन्, ‘साइकलले नहुने रे !’

२०७९ बैशाख २४, शनिबार प्रकाशित 0 Minutes 131 Views

ताजा समाचार