२०७८ मंसिर १२ आईतवार

स्वास्थ्य मंत्रीमा फेरी नी थापा नै ?

नेपाली काँग्रेस केन्द्रीय सदस्य तथ युवा नेता गगनकुमार थापा पनि मन्त्री बन्ने होडमा रहेका छन्. |

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नेता थापालाई मन्त्री बनाउने लगभग सहमति भइसकेको स्रोतको भनाइ छ ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा नेता थापालाई संस्थापना इतर रामचन्द्र पौडेलको पक्षबाट सरकारमा सहभागी

गराइने भएको हो ।नेता थापाले सरकामा सहभागी हुने चाहना देखाएका कारण प्रधानमन्त्री देउवाले मानेमा उनी मन्त्री हुने

निश्चित रहेको स्रोतको भनाइ छ । संस्थापनइतर पौडेल पक्षबाट उनलाई मन्त्री बनाइने सम्भावना बढी छ ।

यसअघि माओवादी केन्द्र र काँग्रेसको गठबन्धनबाट पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेका बेला गगन थापा स्वास्थ्यमन्त्री

बनेका थिए ।त्यस क्रममा केही लाेकप्रिय काम पनि गरेर चर्चा कमाएका थिए । त्यस्तैगरी प्रधानमन्त्री देउवाले संसदबाट

बिस्वासको मत प्राप्त गरेपछि नेपाली काँग्रेसमा सरकारमा जान अरू धेरैले इच्छा देखाइरहेका छन् । जसमा काँग्रेसले

प्रकाशमान सिंह, सुजाता कोइराला, पुष्पा भुसाल, नारायण खड्का, दिलेन्द्रप्रसाद बडु,

प्रमोद यादव, राजन केसी र तुजुलाल चौधरीलगायतबाटै मन्त्री छान्ने स्रोतको भनाइ छ ।

हिमालपारिको जिल्ला मुस्ताङको कोबाङस्थित स्वास्थ्य चौकीमा स्वास्थ्य सहायक काम गर्दै आएका २३ वर्षे लालबहादुर रोक्का रातारात ‘भाइरल’ बने । त्यो पनि जेनेभासम्म । यसको कारण एउटै थियो– लेते र कोबाङबीचको छाप्ताङ खोला बाढीले उर्लिएपछि रोक्काले कोभिड खोपका बट्टा तार्न अपनाएको उपाय ।

त्यो बिहान गाउँघरबाट खोपको दोस्रो डोज लगाउन भनेर ५५ वर्षमाथिका गाउँलेलाई स्वास्थ्य चौकीमा बोलाइएको थियो । घण्टौं हिँडेर गाउँलेहरू चौकीमा आउने क्रममा थिए,’ आइतबार काठमाडौंमा भेटिएका रोक्काले सुनाए, ‘त्यही बेला ठूलो पानी परेर बाढी उर्लियो । आफूसँग बर्सादी नभएकाले चौकीमा भेटिएको पुरानो पीपीई लगाएर म छाप्ताङ खोला पुगेको थिएँ । साथमा टुकुचे स्वास्थ्य चौकीका अहेव सविन खत्री पनि थिए । उता लेतेबाट खोप बोकेर गगन विक खोलापारि आइपुगेका थिए ।

अनि मैले उपाय लगाएर खोला किनारमा भेटिएको फलामे डन्डीमा अड्याएर खोप रहेको बक्स वारपार गराएको थिएँ ।’

२०७८ श्रावण १८, सोमबार प्रकाशित 0 Minutes 116 Views

ताजा समाचार