
कुवेतमा क्रेनको ठक्करबाट एक नेपाली महिलाको मृ’त्यु।
कुवेतको मङ्गाफमा गत शुक्रबार क्रेनको ठक्करबाट एक नेपाली महिलाको मृ’त्यु भएको छ। सिन्धुपाल्चोककि माया तामाङको बाटो काट्ने क्रममा विपरित दिशाबाट आएको क्रेनले ठक्कर दिँदा घटनास्थलमा नै मृ’त्यु भएको थियो।
गत शुक्रबार १४ तारिकका दिन दिउँसो करिब १ बजेको समयमा घटेको घ’टनालाइ कुवेत प्रहरिले मुचुल्का बनाउनुका साथै क्रेन चालकलाइ नि’यन्त्रणमा लिइएको छ भने श’वलाइ पो’स्टमार्टमका लागि हस्पिटल लगिएको बुझिएको छ।
प्रत्यक्षदर्शीका अनुसार मृ’तक तामाङले बाटो काट्ने क्रममा मोबाइल चलाउँदै बाटो काटिरहेको बेला सो घट’ना भएको बताएका छन।
यश बिसयमा नेपाली दूतावासमा जानकारी गराइसकेको NRNA कुवेतका युवा संयोजक नबराज पराजुलिले जानकारी दिएका छन।
थप:वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कानुनविपरीत भर्ना शुल्क लिने, सम्झौताअनुसार रोजगारी र पारिश्रमिक नदिने तथा व्यक्तिगत कागजात नियन्त्रणमा लिएर बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा पठाउने गरेको पाइएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयूसी) सँगको साझेदारीमा गरेको एक अध्ययनले खारेजीमा परेको वैदेशिक रोजगारको एजेन्ट प्रणालीमार्पmत नै चर्को सेवा शुल्क लिएर सम्झौता विपरीत विदेश पठाउने गरिएको देखाएको छ ।