
काठमाडौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाह उर्फ बालेन्द्र शाहकी आमा वृद्धाश्रममा रहेको खुलेको छ। आफुलाई भिजन भएका नेतृत्वकर्ता भन्दै आएका शाहले आफ्नै आमा वृद्धाश्रम पठाउनु गलत रहेको स्थानीयहरुले बताएका छन।
बालेन्द्र शाहको स्थायी घर एकदारा जनकपुर हो। शाहको बुबाको नाम राम नारायण शाह हो। उनका बुबाले २ श्रीमती विवाह गरेका हुन।
उनकी पहिलो आमापट्टीका ३ छोरी र १ छोरा छन। कान्छी आमा पट्टिको दुई छोरा छन। एक बालेन्द्र शाह र अर्का कौशल शाह हुन। पारिवारिक किचलोका कारण बालेन्द्र शाहका दाइ सञ्जय शाहले आ’त्माह’त्या गरेका थिए।
केही समय अगाडि काठमाडौ महानगरपालिकाका मेयर पदका उम्मेदवार केसव स्थापितले उनलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका थिए। बालेन्द्र शाह नाइट क्लबमा जाने गरेको पनि खुलेको छ। स्रोतका अनुसार उनी नाइट क्लबमा मस्ती गर्छन।
एक स्थानीयले नाम नछाप्ने सर्तमा भने – “बालेन शाह स्वयंको आमा वृद्धाश्रममा छन। उनलाई धेरै पटक नाइट क्लबमा देखेको छु। नैतिकता नै खराब मान्छे नेतृत्वम आउनु हुन्न। सबै जनाले उनले छरेको भ्रमको पछि नलागौ।” शाहले दिएको उम्मेदवारीप्रती प्रश्न उठन थालेको छ। साभार: धनसंचार