२०७९ जेष्ठ ८ आईतवार

काठमाडौँबाट धनगढी उडेको श्री एअरलाइन्सको जहाजको इन्जिन फेल भएपछि गरियो आकस्मिक अवतरण

काठमाडौँबाट धनगढी उडेको श्री एअरलाइन्सको जहाजको इन्जिन फेल भएपछि गरियो आकस्मिक अवतरण

काठमाडौं । काठमाडौँबाट धनगढीका लागि छुटेको श्री एअर लाइन्सको जहाजको इन्जिनमा समस्या आएपछि काठमाडौँमा नै अवतरण गराइएको छ । ८७ जना यात्रु रहेको विमानको इन्जिनमा समस्या आएपछि आकस्मिक अवतरण गराइएको विमानस्थल स्रोतले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज काठमाडौं फर्किएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानको बायाँ इन्जिनमा समस्या आएको छ ।

विमान काठमाडौंबाट ११ बजेर ४४ मिनेटमा धनगढीका लागि प्रस्थान गरेको र १४ मिनेटपछि काठमाडौंमा अवतरण गरेको सेतले जानकारी दियो ।

थप: जेठ २ गते बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनको पूर्वतयारीका लागि बिहीबार बिहान भारतीय वायु सेनाको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको छ ।

२०७९ बैशाख २८, बुधबार प्रकाशित 0 Minutes 161 Views

ताजा समाचार