२०७९ जेष्ठ १० मंगलवार

बुटवल बम विस्फोट : नेकपा माओवादीको पर्चा भेटियो

बुटवलको मिलनचोकमा भएको बम विष्फोटमा नेकपा माओवादीको पर्चा भेटिएको छ । बुधबार साँझ बुटवलको मिलनचोकमा भएको बम विस्फोटमा नेकपा माओवादीको पर्चा भेटिएको ईलाका प्रहरी कार्यलय बुटवलका डिएसपी ढग बहादुर केसीले बताए ।

प्रहरीले विष्फोट गराउनेको खोजि भइरहेको जनाएको छ । बम विष्फोट भएपछि स्थानीय वासिन्दा त्रसित भएका छन् । ​

विष्फोटबाट बि११ रेष्टुरेन्टको झ्यालको सिसा चर्केको र पश्चिमाञ्चल निर्माण सामाग्री केन्द्रको दुई ओटा सटरमा प्वाल परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।​

थप: काठमाडौँ — सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको लागि नेपाली काँग्रेसबाट उपमेयरका उम्मेदवार गान्धीमाया तामाङ र काँग्रेसका नेता दावागेलु पाख्रिन राजुलाई प्रहरीले पक्राउ गरेको छ । मौन अवधीमा नगरपालिकाको बोल्दोस्थित मतदाताकै घरमा गएर पैसा बाँडेको भेटिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

आज दिउँसो मतदाताको घरघरमै गएर पैसा बाँडेको सुचना पाएपछि प्रहरी सो स्थानमा जाँदा पैसा बाँडिरहेको देखेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । वडा नम्बर ४ स्थित बोल्दोमा तामाङ समूदायको बाक्लो बस्ती रहेको छ ।

२०७९ बैशाख २९, बिहीबार प्रकाशित 0 Minutes 154 Views

ताजा समाचार