२०७९ जेष्ठ १० मंगलवार

कांग्रेस र नेकपा एमाले कार्यकर्ता झडपपछि मतदान रोकियो,,,,

दोलखा :

दोलखाको बैत्यश्वर गाउँपालिकाको मतदान केन्द्रमा मतदान रोकिएको छ । नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झ’डप भएपछि मतदान रोकिएको हो ।
बैत्यश्वर गाउँपालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा सुरु भएलगत्तै दुई पक्षबीच ढुंगा हा’नाहा’न भएको हो ।

वडा नम्बर ३ मा रहेको कालीढुंगा मावि मतदान केन्द्रमा झ’डप भएको हो । झ’डपमा परी एक जना घाइते भएका छन् । झ’डपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड ह’वाई फा’यर गरेको छ । झड’पपछि त’नाबग्र’स्त बनेको मतदान केन्द्रलाई नेपाली सेनाले आफ्नो नियन्त्रणमा लिएको छ ।

झ’डपपछि नेपाली सेनाले मतदान केन्द्रलाई आफ्नो नियन्त्रणमा लिएको हो । ढुं’गा प्र’हार गर्दै बुथ नै क’ब्जा गर्ने प्रयास भएपछि ‘झडप भएको दोलखा प्रहरी प्रमुख डिएसपी गंगा पौडेलले जानकारी दिए ।

मतदाता आउने बाटो नै अवरोध गरेर कांग्रेस र एमाले कार्यकर्ताबीच झ’डप भएको थियो । सुरक्षाकर्मीले अवरोध हटाउन खोजेपछि मतदानस्थल त’नावग्र’स्त बनेको हो ।

पुनः मतदान गराउने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकपछि पुनः मतदान सुचारू गरिने डिएसपी पौडेलले बताए ।

२०७९ बैशाख ३०, शुक्रबार प्रकाशित 0 Minutes 509 Views

ताजा समाचार