२०७९ जेष्ठ १० मंगलवार

काठमाडौंको मेयरमा जित्ने सम्भावना सबैभन्दा बढी कसको? चर्चित पत्रकार विजयकुमारले नामै भनिदिए

काठमाडौंको मेयरमा जित्ने सम्भावना सबैभन्दा बढी कसको? चर्चित पत्रकार विजयकुमारले नामै भनिदिए

काठमाडौं। देशकै संघीय राजधानी काठमाडौंको मेयर को बन्ला भन्ने चासो देशभर छ। मुख्यतः तीन जना उम्मेदवार काठमाडौं महानगरको मेयरका लागि मुख्य प्रतिस्पर्धी देखिएका छन्। नेकपा एमालेबाट केशव स्थापित, गठबन्धनको तर्फबाट सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन शाहबीच मुख्य चुनावी भिडन्त हुने देखिएको छ।

चुनावी माहोल उत्कर्षमा पुग्दै गर्दा अरुबेला तटस्थ भूमिकामा रहने पत्रकारहरु पनि विस्तारै पक्षधरता देखाउन थालेका छन्। कसैले प्रत्यक्ष रुपमा त कसैले परोक्ष रुपमा सामाजिक सञ्जालमार्फत आफ्नो मत प्रकट गर्ने क्रम बढेको छ।

यसै सिलसिलामा वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले फेसबुक÷ट्विटरमार्फत काठमाडौं महानगरको चुनावी माहोलबारे आफ्नो विचार सार्वजनिक गरेका छन्। काठमाडौंमा कांग्रेस उम्मेदवार सिर्जना सिंहको पक्षमा माहोल बनेको उनको आँकलन छ।

एक महिलाले सिर्जना सिंहलाई आशीर्वाद दिइरहेको तस्वीरसहित पाण्डेले लेखेका छन्, ‘पछिल्ला केही दिनमा सिर्जना सिंहले आफ्नो स्थिति निर्णायक रुपमा मजबुत बनाएको देखिन्छ।’

पाण्डेले चुनावका फैसला अब मिडिया र सञ्जालबाट मतपेटिकामा पुगेको उल्लेख गरेका छन्। स्वतन्त्र उम्मेदवार बालेनको पक्षमा सामाजिक सञ्जालमा देखिएको समर्थनलाई लक्षित गर्दै उनले नेपालमा मिडिया वा सोसल मिडिया र मतपेटिकाबीच ठूलै खाडल हुनसक्ने पनि टिप्पणी गरेका छन्।

२०७९ बैशाख ३०, शुक्रबार प्रकाशित 0 Minutes 615 Views

ताजा समाचार