२०७९ जेष्ठ १० मंगलवार

स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना, ८ जनाको मृत्यु

स्याङ्जामा मतदाता बोकेको बोलेरो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप आज बिहान साढे १० बजेतिर दुर्घटना भएको हो ।

वालिङ नगरपालिका मञ्चमन भन्ने स्थानमा दुर्घटना भएको हो । खचाखच यात्रु बोकेको जीपमा सवार अरु १५ जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता विष्णु केसीले जनाकारी दिए । जीप सडकदेखि अन्दाजी पाँच सय मिटर तल जीप खसेको हो ।

थप: काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार बालेन साहले ज्योतिष हेरेर आएको बताउँदै आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्। ज्योतिष हेरेर साह बिहान ११ बजेर ३ मिनेटमा मतदान गरेका छन्। साहले महानरको गैरीधारा स्थिति अन्नपूर्ण माध्यमिक विद्यालयबाट मतदान गरेका हुन्।

‘एष्ट्रोलोजी विज्ञान हो आफै पनि एष्ट्रोलोजी हेर्छु। इन्जिनियरिङ सँगसँगै एष्ट्रोलोजी पनि अध्ययन गरेको हुँ।’ सञ्चारकर्मीलाई प्रक्रिया दिँदै साहले भने, ‘त्यसका आधारहरू हुन्छन्। वास्तुशास्त्र पनि हुन्छ। मैले सबै कुरा सोचेर मात्रै काम गर्छु। भएको कुरालाई विश्वास गर्ने नगर्ने भन्ने हुँदैन।’ ज्योतिष शास्त्र आफैमा विज्ञान भएकाले सबैले विश्वास गर्नुपर्ने साहले बताए। ‘ज्योतिष फिजिक्स हो। त्यो विज्ञान हो सबैले विश्वास गर्नु प¥यो नि?’ साहले भने।

२०७९ बैशाख ३०, शुक्रबार प्रकाशित 0 Minutes 123 Views

ताजा समाचार