२०७९ जेष्ठ १० मंगलवार

डोकोबाटै भोट दिएर अस्ताए खड्का !!

जाजरकोटको जुनिचादे गाउँपालिका ४ का ७४ वर्षीय सार्के खड्काको शुक्रबार स्थानीय तह निर्वाचनमा मतदान गरेको केही समयमै मृत्यु भएको छ । मतदानका लागि उनलाई डोकोमा मतदान केन्द्रसम्म ल्याइएको थियो ।

उनका छोरा भीमबहादुर खड्का जुनिचादे ४ बाट वडाध्यक्षका उम्मेदवार थिए । मत दिएको केही मिनेटमा नै उनको मृत्यु भएको नाति रेशम खड्काले बताए ।

थप: बारा जिल्लाको दक्षिण भारतसँग सिमरा जोडिएका पचरौता नगरपालिकाको ३ वटा मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ । नेकपा एमाले र जनता समाजवादी पार्टीका कार्यकर्ता बिच भएको झडपका कारण दुई वटा वडाका ३ मतदान स्थलमा निर्वाचन स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

नगरपालिकाको बेलडारी र बेरिया मतदान केन्द्रमा आज बिहान देखि नै विवाद भएपछि निर्वाचन स्थगित भएको जिप्रका बाराले जनाएको छ । सीमावर्ती क्षेत्रमा रहेको सो मतदानस्थल अतिसंवेदनशील मतदान स्थलभित्र पर्दछ ।

त्यस्तैगरी भारतसँग सीमा जोडिएको बाराको सिम्रौनगढ नगरपालिका र देवताल गाउँपालिकामा पनि दुई छुट्टाछुट्टै समूह बिच भएको झडपका कारण केही समय मतदान स्थगित भएको थियो ।

२०७९ बैशाख ३१, शनिबार प्रकाशित 0 Minutes 237 Views

ताजा समाचार