२०७९ जेष्ठ १३ शुक्रबार

मतदान गर्न रौतहट पुगेका नेपाललाई दुर्व्यवहार, चोर भन्दै मतदाताले नारा लगाए,,,

रौतहट ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि दुर्व्यवहार भएको छ। रौतहटको गौर नगरपालिका १ स्थित रामजानकी कन्या विद्यालयमा मतदान गर्न पुग्ने क्रममा मतदाताले दुर्व्यवहार गरेका हुन् ।

नेपाललाई चोर भन्दै मतदाताले नारा लगाएपछि हुलदंगा मच्चिएको थियो । नेपालले मतदान गरेर बाहिर निस्कने क्रममा मतदाताले नारा जुलुस गर्दै अवरोध गरेका थिए । नेपाललाई एमाले नेता कार्यकर्ताले नारा जुलुस गर्दै दुर्व्यवहार गरेको हुन सक्ने आकलन गरिएको छ ।

नेपालले आफ्नो पार्टीको उम्मेदवारलाई मत दिलाउन बुथ–बुथ चहार्दै हिँडेको अन्य दलका कार्यकर्ताले आरोप लगाएका छन् ।

थप: मुगु : मुगु छायाँनाथ रारा नगरपालिकामा ९० वर्षीया पार्वती रोकायले नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेर मतदान गरेकी छन् ।

छायाँनाथ रारा नगरपालिका– ५ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कार्की वाडाको मतदान केन्द्रमा उनले मतदान गरेकी हुन् ।
उनलाई नाति दिपक रोकायले बोकेर मतदानस्थल लगेका थिए ।

२०७९ बैशाख ३१, शनिबार प्रकाशित 0 Minutes 93 Views

ताजा समाचार