२०७९ जेष्ठ ८ आईतवार

काठमाडौं महानगरपालिकाको मतगणना सुरु,,,

काठमाडौँ — काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । शनिबार बिहान १० बजेदेखि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मतगणना सुरु भएको हो ।

सर्वदलीय बैठकपछि काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको हो । मतगणना सुरु गर्ने निर्णयसँगै मतपेटिका खोलेर मत मिलाउने काम सुरु भएको छ ।

काठमाडौं महानगरपालिकामा एमालेका केशव स्थापित, गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंह, स्वतन्त्र उम्मेदवार वालेन्द्र साह, विवेकशील साझाबाट समीक्षा बास्कोटालगायत ५६ जना मेयरका उम्मेदवार रहेका छन् ।

थप: स्याङजा — स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा एमालेका कार्यकर्ताले तोडफोड गरेको गाडीको क्षतिपुर्ति माग गर्दै कांग्रेसले असन्तुष्टि जनाएपछि मतगणना रोकिएको छ ।

कांग्रेसका नेताहरूले एमालेबाट क्षतिपुर्ति आएपछि मात्रै मतगणना पुन: सुरु गर्न तयार रहेको बताएका छन् । साथै निर्वाचन अधिकृतका अनुसार सर्वदलीय बैठक बसेपछि मात्रै मतगणना गरिने भएको छ ।

कांग्रेसका नेताहरूले भने एमालेबाट क्षतिपुर्ति नआएसम्म मतगणना गर्न नदिने अडान राखेका छन् । अर्जुनचौपारी गाउँपालिकामा कूल जनसंख्या १४,०९४ रहेको छ भने कुल मतदाता संख्या १३,८६७ रहेको छ । जसमा ६,९४९ पुरुष र ६,९१८ महिला रहेका छन् । यस गाउँपालिकामा ६ वडा छन् ।

२०७९ बैशाख ३१, शनिबार प्रकाशित 0 Minutes 120 Views

ताजा समाचार