
बालेनले काठमाडौंमा बढाए अग्रता, सिर्जनालाई पछि पार्दै स्थापित दोस्रो स्थानमा
काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेन शाहले अग्रता कायम राखेका छन्। पछिल्लो मतगणना अनुसार शाहले ३१२ मत पाएका छन्।
दोस्रोमा उक्लिएका एमालेका केशव स्थापितले २५१ मत पाएका छन्। यस्तै तेस्रो स्थानमा झरेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७८ मत पाएकी छन्। मतगणना जारी छ।
थप: भरतपुर महनागरमा गठबन्धनका तर्फबाट मेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन्।
३५० मत गन्दा दाहालले १३३ मत पाएकी छन् भने यसअघि अग्रता लिइरहेका एमालेका विजय सुवेदी ६ मतले पछि परेर १२७ मत ल्याएका छन्। बागी उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत पाएका छन्। मतगणना जारी छ।
त्यस्तै सुनसरीको धरान उपमहानगरपालिकाको जारी मतगणनामा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै गएका छन्। अहिलेसम्म १००० मतगणना गर्दा मेयरमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोर राईले ३६९ मत प्राप्त गरेका छन्।