२०७९ जेष्ठ १० मंगलवार

प्रतिद्वन्द्वीसँग मतान्तर फराकिलो दोब्बर बनाउदै बालेन साह, निरन्तर अग्रता कायम,,,,

काठमाडौं महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई अझै निरन्तरता दिइरहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले हालसम्म १२५४ मत प्राप्त गर्दै अग्रता कायम गरिरहेका हुन् । उनीपछि नेकपा एमालेका उम्मेदवार केशव स्थापितले धेरै मत प्राप्त गरेका छन् । स्थापितले हालसम्म ८७८ मत प्राप्त गरेका छन् ।

अहिलेको अवस्था हेर्दा बालेनले आफ्नो प्रमुख प्रतिद्वन्द्वीसँग ३५७ मतान्तर बनाएका छन् ।

उता पाँचलदीय गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले भने ६९९ मत मात्रै प्राप्त गरेकी छन् । त्यस्तै काठमाडौंको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले भारी मतका साथ अग्रता कायम गरिरहेकी छन् ।

उनले ६०२ मतका साथ अग्रता बनाएकी छन् । त्यस्तै उनका प्रतिद्वन्द्वी गठबन्धनका रामेश्वर श्रेष्ठनले हालसम्म जम्मा १२६ मत मात्रै प्राप्त गरेका छन् । शुक्रबार (वैशाख ३०) गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत देशका ६ वटै महानगरपालिकाका मुख्य उम्मेदवारहरुको मत परिणाम अपडेट-

प्रमुख काठमाडौं महानगरपालिका – मेयर १, केशव स्थापित (एमाले)- ८७८ (२), सिर्जना सिंह (कांग्रेस)- ६९९ (३,) बालेन शाह (स्वतन्त्र)- १२५४

२०७९ जेष्ठ १, आईतवार प्रकाशित 1 Minute 187 Views

ताजा समाचार