
धनकुटा : चौविसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको मृत्यु भएको छ । मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दै बेहोस भएर ढलेको र उपचारकाको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको धनकुटाका प्रहरी नायव उपरीक्षक चिरञ्जीबी दाहालले जानकारी दिए ।
शनिबार आएको मत परिणाम अनुसार चौविसे गाउँपालिका वडा नं. २ को वडा सदस्यमा नेकपा एमालेको तर्फबाट उम्मेदवार रही विजयी भएका थिए ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । १ हजार ९ सय मतगणना हुँदा गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार टंक चौलागाईंले ९२६ मत ल्याएका छन्। यसैगरी गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका मैनकुमार मोक्तानले ७९४ मत पाएका छन्।
उपाध्यक्षमा एमालेकी मुना कँडेल थापामगरले ९२८ मत र गठबन्धनबाट कांग्रेसकी खमला मगरले ७०३ मत प्राप्त गरेका छन् । वडाध्यक्षमा पनि एमालेले लिड गरिरहेको छ। एमालेका प्रेम लामाको ९४६ मत ल्याउँदा गठबन्धनबाट माओवादी केन्द्रका भक्त थामीले ७९३ मत पाएका छन्। अहिले पनि मत गणना जारी रहेको छ।