
काठमाडौं,।नुवाकोटको पञ्चकन्या गाउँपालिकामा मतगणनाका क्रममा आफ्ना नेता कार्यकर्तामाथि भएको कुटपिटको घटनाप्रति नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार एक विज्ञप्ती जारी गर्दै कांग्रेसले घलेभञ्ज्याङस्थित मतगणनास्थलमा माओवादी केन्द्रका उम्मेदवार तेजबहादुर तामाङको नेतृत्वमा आफ्ना नेता तथा कार्यकर्ताहरुमाथि कुटपिट गरी गम्भीर घाइते बनाइएको कांग्रेसले जनाएको छ।
‘नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पदका उम्मेदवार एवं निवर्तमान गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ (रमेश)को नेतृत्वको समूहले नेपाली कांग्रेसका क्षेत्रीय सचिव जगदीश कुइकेल, जगदीश फुयाल, सुवर्ण तामाङ्ग, राजन पाण्डे, सुजन थापा, सुशील थापा, निरज भण्डारी, विजय थापा लगायत दर्जनौं कार्यकर्ताहरुमाथि कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाप्रति नेपाली कांग्रेसको ध्यानाकृष्ट भएको छ,’ विज्ञप्तीमा उल्लेख छ।
त्यस्ता गतिविधि नदोहो¥याउन चेतावनी दिँदै कांग्रेसले घाइतेहरुको उपचार र घटनामा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेको छ। यस्तै निर्वाचनमा असहयोग गरेको आरोप लगाउँदै अनेरास्वबियु क्रान्तिकारीका पुर्वजिल्ला अध्यक्ष प्रभास सुवेदीमाथी पनि सांघातिक आक्रमण भएको छ ।
पञ्चकन्या-२ कबिलासका सुबेदिमाथी घलेभन्ज्याङको मतगणना स्थल नजिकै रमेश लामासमर्थित करीब १० जनाको समुहले निर्घात कुटपिट गरेका हुन । माओवादिले जनयुद्धमा संघर्ष गरेका राजन गौतमलाई गापा अध्यक्षको टिकट नदिएर ठेकेदारी काम गर्ने लामालाई पैसाको बलमा दोहोराएर टिकट बेचेको भन्दै पञ्चकन्यामा माओवादिभित्र असन्तुष्टी चुलिएको छ ।