२०७९ असार २१ मंगलवार

प्रधानमन्त्री देउवाको भाइको नि’धन,,,हार्दिक श्रद्धाञ्जली !!

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको ६७ वर्षको उमेरमा गए राति काठमाडौंमा उपचारका क्रममा निधन भएको छ ।

सामाजिक व्यक्तित्वका रुपमा परिचित स्वर्गीय प्रेमबहादुर देउवाका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्कालगायतले उनको पार्थिव शरीरमा कांग्रेसको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।प्रेमबहादुर देउवाको निधनमा कांग्रेसले दुःख व्यक्त गरेको छ ।

थप: पूर्व डिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले पर्सामा एउटा वडामा जित निकालेको छ। पर्साको पोखरीया नगरपालिका–९ को वडा अध्यक्षमा सुशासन पार्टीका उम्मेदवार नौशाद आलम विजयी भएका हुन् । मतगणनाको अन्तिम नतीजा अनुसार आलम ८ सय ७७ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबु चौहानले भने ६७८ मत मत प्राप्त गरे।​ पोखरीया नगरपालिकामा सुशासन पार्टीले मेयर र उपमेयरमा पनि उम्मेदवारी दिएको थियो। जारी मतगणनामा मेयर पदमा सुशासन पार्टीका उम्मेदवार शंकर यादव दोश्रो स्थानमा छन्।

२०७९ जेष्ठ ३, मंगलवार प्रकाशित 0 Minutes 365 Views

ताजा समाचार