२०७९ असार २१ मंगलवार

नवनिर्वाचित वडा सदस्य सुतेकै अवस्थामा मृ’त फेला,,,

काठमाडौं, ६ जेठ ।

सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको आज निधन भएको छ। सुतिहार सुतेकै अवस्थामा आज बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए।

उनका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किएका थिए। खाना खाएर सुत्नुभएका उनको निधन भएको बताइएको छ।

बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका–५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी भएका थिए।

उनले वडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याएका थिए। सदस्यमा उनीसित एमालेका रामअवतार मण्डल र अगम साहु तेली पराजित भएका थिए।

थप: राजनीतिज्ञ तथा पूर्व क्रिकेड खेलाडी नवजोतसिंह सिद्धूलाई भारतीय सर्वोच्च अदालतले एक वर्ष जेल सजाय तोकेको छ।
अदालतले तीन दशक पुरानो एक घटनाको मुद्दामा शुक्रबार कांग्रेस नेता सिद्धूलाई सजाय तोकेको हो।

पीडित परिवारले सन् २०१८ मा सिद्धूलाई रिहा गर्ने फैसलाविरूद्ध अपील गरेका थिए। अदालतले त्यो बेला उक्त दुर्घटनाको मुद्दामा सिद्धूलाई तीन वर्षको सजायलाई एक हजार भारू जरिमानामा बदलिदिएको थियो।

२०७९ जेष्ठ ६, शुक्रबार प्रकाशित 0 Minutes 96 Views

ताजा समाचार