२०७९ असार २१ मंगलवार

‘मैदी प्रहरी चौकी अगाडी ममाथि निर्घात कुटपीट हुँदा समेत मलाई प्रहरीले सुरक्षा दिएन’

धादिङ । धादिङ ज्वालामुखि गाउँपालिका २ मैदीका एक युवाले प्रहरी कार्यालयकै अगाडी आफूमाथि निर्घात कुटपीट हुँदा पनि प्रहरीले कुनै सुरक्षा नदिएको

ज्वालामुखि २ मैदी सातदोबाटो घर भएका दीपक श्रेष्ठले आफूमाथि आफ्नै आफन्तले प्रहरीकै सामु निर्घात कुटपीट गर्दा पनि प्रहरीले कुनै पनि सुरक्षा नदिएको बताएका हुन्

इलाका प्रहरी कार्यालय मैदीको कार्यालय भवन अगाडी नै होटल चलाएर बस्ने श्रेष्ठले आफ्नो र श्रीमतीबीचको सामान्य विवादमा श्रीमतीका माइती पक्षका व्यक्तिहरुले प्रहरी कार्यालयकै अगाडी आएर निर्घात कुटपीट गरेको उनको दाबी छ ।

कुटपीटबाट घाइते भएका उनी थप उपचारका लागि जिल्ला अस्पताल धादिङवेशी गएका छन् । उनलाई मैदीमै रहेको स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको थियो

‘म र मेरो श्रीमतीबीच सामान्य मनमुटाव थियो । चौकीकै अगाडी आएर मलाई सालाहरुले हातपात गरे । म अहिले धादिङ अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं जानुपर्ने भएको छ,’ श्रेष्ठले भने,‘सिटिस्क्यान गर्न सिफारिस गरिएको छ ।

चौकीकै अगाडी ममाथि हातपात हुँदा पनि प्रहरी प्रशासनले मलाई कुनै पनि सुरक्षा दिएन । म निर्घात कुटिँदा पनि प्रहरी प्रशासन मौन रुपमा बसिदिए ।

२०७९ जेष्ठ ७, शनिबार प्रकाशित 0 Minutes 141 Views

ताजा समाचार