२०७९ असार २१ मंगलवार

सडक छेउको घरमा एम्बुलेन्स पस्दा सुतिरहेकी वृद्धाको मृत्यु

सिन्धुपाल्चोकको लामोसाँघु-जिरी सडकखण्डअन्तर्गत दुई किलोमा एम्बुलेन्स दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ।

सुनकोशी गाउँपालिका वडा नम्बर ७ स्थित दुई किलोमा गए राति बा २० च ६३२७ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडक छेउको एक घरमा छिरेको थियो।

‘घुम्ती मोड्न नसकेर एम्बुलेन्स सडक छेउको घरमा पुग्दा घरभित्र रहेकी ७५ वर्षीया मनमाया खड्का गम्भीर घाइते हुनुभएको थियो। उहाँलाई उपचारका लागि अस्पताल लगिएकोमा गए राति नै उहाँको मृत्यु भएको छ,’ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक रामेश्वर यादवले भने।

घरभित्र सुतिरहेकी खड्कालाई एम्बुलेन्सले ठक्कर दिएको थियो। उक्त एम्बुलेन्स खाडीचौर बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गर्दै आएको थियो।

तीव्र गतिका कारण एम्बुलेन्स दुर्घटनामा परेको अनुमान छ। तस्बिर: दिनेश थापा

२०७९ जेष्ठ १२, बिहीबार प्रकाशित 1 Minute 163 Views

ताजा समाचार