२०७८ मंसिर १२ आईतवार

ऊर्जामन्त्री लाई नटेरि छाड़ेनन अझै हितेंद्र ले प्राधिकरण को कुर्सी : कुलमान आऊने अझै अनिश्चित

पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा पुनः कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाउनु पर्यो भयो भन्दै हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा गर्न निर्देशन दिएकी छन् ।मन्त्री भुसालले मंगलबार शाक्यलाई मन्त्रालयमा बोलाएर ठाडो निर्देशन दिएकी हुन

भरपर्दो स्रोतका अनुसार आफ्नो पार्टी अध्यक्ष (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड)को चाहना पनि कुलमानलाई नियुक्ति दिनुपर्छ भन्ने रहेको सुनाउँदै उनले शाक्यलाई प्राधिकरण छोडन् आग्रह गरेकी हुन् ।

तर शाक्यले भने आफूलाई सरकारले चार बर्षका लागि कार्यकारी निर्देशक बनाएकाले उक्त अवधि प्राधिकरण सुधारका लागि लागिरहने बताएका थिए । उनले मन्त्रिपरिषदबाट हटाए पनिआफू कानुनी उपचारमा जाने स्पष्ट पार्दै तर राजीनामा नदिने अडानका साथ मन्त्रालयबाट फर्किएको स्रोतको भनाई छ।

हितेन्द्रदेव शाक्यलाई पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले कार्यकारी निर्देशक नियुक्त गरेको हो । घिसिङलाई पुनःप्राधिकरणमा ल्याउने विषयमा मन्त्री भुसाल, माओवादी केन्द्रका अन्य नेता र प्रचण्डबीच छलफल भइरहेको थियो।
Online news बाट

२०७८ श्रावण २०, बुधबार प्रकाशित 1 Minute 137 Views

ताजा समाचार