२०७९ असार २१ मंगलवार

यात्रुसहितको रात्रिबस पुलबाट खस्दा ९ जनाको मृत्यु, २४ घाइते

काठमाडाैँ । यात्रुसहितको बस भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । लु २ ख ३८४१ नम्बरको रात्रिकालीन बस बिहान पौने ५ बजेतिर भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खस्दा ९ जनाको मृत्यु भएको हाे ।

जिल्ला प्रहरी कार्यालय रूपन्देही डीएसपी तथा प्रवक्ता नवरत्न पौडेलकाअनुसार रोहिणी गाउँपालिका वडा नम्बर ३ र ओमसतिया गाउँपालिका वठा नम्बर ४ मा पर्ने बसन्तपुरस्थित पुलबाट रोहिणी नदीमा बस खसेको थियो ।

दुर्घटनामा परी ९ जनाको मृत्यु भएको उनले पुष्टि गरे । २४ घाइतेहरुको प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको छ ।

थप: जनकपुरबाट भैरहवा आउँदै गरेको रात्रिकालीन यात्रुबाहक बस रोहणी खोलामा दुर्घटना हुँदा ९ जनाको मृत्यु

जनकपुरबाट भैरहवातर्फ आइरहेको यात्रुसहितको बस आइतवार बिहान परासी भैरहवा हुलाकी राजमार्ग खण्डमा दुर्घटना भएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७९ जेष्ठ २२, आईतवार प्रकाशित 1 Minute 176 Views

ताजा समाचार