२०७८ मंसिर १२ आईतवार

अलपत्र : प्रचण्ड मार्ग

चितवन खबर ,

२०७८/०४/२१

प्रचण्ड मार्ग अन्तर्गतको महेन्द्र चोकदेखि तेलौलीसम्मको सडकखण्ड निर्माण सम्झौताको म्याद सकिँदासम्म पनि काम भने अधुरै रहेको छ । २०७७ असार मसान्तभित्र सम्पन्न हुनुपर्ने लगभग १९ किलोमिटर सडकमध्ये करिब २ किमी सडक स्तरोन्नतिको काम अधुरै छोडिएको हो ।

पश्चिम चितवनका भित्री बस्ती शिवनगर, पार्वतीपुर, शुक्रनगरबाट मेघौलीआडको तेलौली निस्कने झन्डै २१ किलोमिटर लामो सडकलाई ‘प्रचण्ड मार्ग’ भनिन्छ । त्यसमध्ये प्रचण्ड मार्गको महेन्द्र चोकदेखि तेलौलीसम्मको १९ किमी सडकलाई तीन खण्ड बनाएर प्याकेज १ र २ मा गरी २०७५ असार २६ गते ठेक्का लगाइएको थियो ।

दुई वर्षको म्याद सकिँदासमेत सडक अधुरै रहेपछि निर्माण अलपत्र पर्ने हो कि भन्ने चिन्ताले स्थानीयवासीलाई सताउन थालेको स्थानीय आत्माराम पौडेल बताउँछन् । ‘कहिले एयरपोर्टको कारणले त कहिले सुकुमबासीको कारणले सडक निर्माणमा अवरोध भैरहेको छ भन्ने त सुनेको हो, तर मेघौली पर्यटकीय नगरीको रुपमा रहेको तेलैलीमा झन् सडक निर्माणको काम अलपत्र छोडिएको उनी बताउँछन् ।

नदीजन्य पदार्थको अभाव देखाउँदै निर्माण कम्पनीले सुरूआतदेखि नै काममा ढिलासुस्ती गर्दै आएको र करिब २ किमी सडक अधुरै छाडेको भरतपुर–२७ का वडाध्यक्ष गोविन्द तामाङ बताउँछन् । कतै सडकको बेस होचो भएको बताउँदै उनले कुनै पनि बहानामा सडक अलपत्र पार्न नहुने बताए । उनले भने, ‘निर्माण सामग्रीसमेत बीच सडकमै हुँदा स्थानीयलाई आवतजावत साथै दैनिक उपभोग्य सामान ढुवानीमा समस्या भएको छ ।,

२०७५ असार मसान्तमा दाहालले भरतपुर महानगरभित्र बन्ने चक्रपथ र केही मह¤वपूर्ण लिङ्करोडको शिलान्यास गरेका थिए । दाहालले ०७५ असार मसान्तमा शिलान्यास गरेका आयोजनामा प्याकेज–१ आयोजनाको बजेट ९९ करोड ९८ लाख ४७ हजार रूपैयाँ हो । प्याकेज–२ को लागत ९९ करोड ९७ लाख रूपैयाँ छ । यी आयोजना सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग, चितवन डिभिजन कार्यालय मातहत सञ्चालित छन् ।

प्याकेज–१ अन्तर्गत कान्छाराम, सन्तोषी डाँफे संयुक्तले पनि प्रचण्ड मार्गको तेस्रो खण्डको काम गरिरहेका थिए भने प्याकेज–२ खण्डको निर्माणको जिम्मेवारी रमन, शिवशक्तिले लिएको थियो ।

२०७८ श्रावण २१, बिहीबार प्रकाशित 0 Minutes 101 Views

ताजा समाचार