२०७८ मंसिर १२ आईतवार

पारस शाह: हेल्मेट लगाउन सुहाउँदैन’

>>बिना हेल्मेट मोटरसाइकल चलाउँदा पूर्वयुवराज पारस शाहलाई प्रहरीले रोकेको घटना चर्चाको विषय बन्यो । ‘श्रीपेच लगाउने टाउकोमा हेल्मेट लगाउन सुहाउँदैन’ भन्दै कतिपय युवाले पारसको पक्षमा महाराजगन्ज चोकमा प्रदर्शनसमेत गरे । तर, सडक दुर्घटनासम्बन्धी तथ्यांक भन्छ, ‘श्रीपेच नलगाए पनि ज्यान जोगिन्छ, हेल्मेट नलगाए भन्न सकिन्न,, ।’

..गत आर्थिक वर्षमा देशभर ३३ हजार १ सय २५ सवारी दुर्घटना भए, जसमा २ हजार ५ सय ११ जनाको मृत्यु भयो । सबैभन्दा बढी दुर्घटना दुईपाङ्ग्रे सवारीको भएको छ । प्रहरी प्रवक्ता वसन्त कुँवरका अनुसार गत वर्ष १७ हजार ८१ दुईपाङ्ग्रे साधन दुर्घटनामा परे । वर्षको लामो समय लकडाउन र निषेधाज्ञा भए पनि दुर्घटना भने अघिल्लो वर्षभन्दा बढी हो । अघिल्लो आर्थिक वर्षमा पनि ७ हजार ९ सय ४५ मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेका थिए ।,,,

गत आर्थिक वर्षमा दुर्घटनाबाट उपत्यकामा मात्र १ सय ६६ जनाको ज्यान गएको छ । दुर्घटनामा मारिनेमध्ये ५० प्रतिशत यात्रु दुईपाङ्ग्रे सवारी दुर्घटनामा परेका हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीएसपी सुनिलजंग शाह भन्छन्, ‘मृत्यु हुनेमा १७ देखि ३५ वर्ष उमेर समूहका मात्र ९१ जना छन् ।’,,

दुईपाङ्ग्रे चलाउनेमा पनि हेल्मेट नलगाउँदा भएको दुर्घटनामा मृत्यु हुने जोखिम स्वतः बढी हुने विज्ञहरूको भनाइ छ । त्यसैले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३० को उपदफा (दुई) मा दुईपाङ्ग्रे सवारी चलाउँदा चालकले सुरक्षा टोपी (हेल्मेट) लगाउनु बाध्यात्मक व्यवस्था छ । त्यसो नगरे सोही ऐनको दफा १६४ को (ढ) अनुसार ट्राफिक प्रहरीले कारबाही गर्न सक्ने पनि उल्लेख छ ,,,।

हेल्मेट नलगाई दुईपाङ्ग्रे साधन चलाए ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । १३ सयदेखि १६ सय ग्रामको हेल्मेटले जीवन बचाउन सक्छ । तर, कतिपयलाई यो नै भारी लाग्छ । ‘हेल्मेट नलगाउँदा म सानदार देखिन्छु भन्ने मानसिकता छ, अर्कोतिर ट्राफिकलाई देखाउन मात्र हेल्मेट लगाउने गरिएको पनि छ,’ डीएसपी शाहले भने, ‘यो सरासर गलत हो, हेल्मेट आफ्ना लागि आफैंले लगाउने हो ,,,,।’

उपत्यकामा दुर्घटनाबाट मोटरसाइकल एवं स्कुटर चालक र पैदल यात्रीको मृत्यु बढी हुने गरेको छ । फित्तासमेत नबाँधी हेल्मेट लगाउने पनि उत्तिकै छन् । ‘दुर्घटनामा जब मोटरसाइकल अन्य सवारीसँग ठोक्किन्छ,’ डीएसपी शाह भन्छन्, ‘हेल्मेट उछिट्टिएर २० मिटरभन्दा टाढा पुगिसक्छ, टाउकोमा गम्भीर चोट लाग्छ । यस्ता घटना हामीले कैयौं देखेका छौं ,,,,।’

२०७८ श्रावण २१, बिहीबार प्रकाशित 1 Minute 324 Views

ताजा समाचार