२०७९ असार २१ मंगलवार

मोटरसाइकलको चक्कामा आफैले लगाएको सल बे’रीदा ल’डेर एक युवतीको मृ’त्यु

मोरङको ग्रामथान गाउँपालिका–७ बजरंगबलीमा मंगलबार बेलुकी मोटरसाइकलको चक्कामा आफैले लगाएको सल बे’रीदा लडेर एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको ईटहरी उपमहानगरपालिका–८ की २१ वर्षीया रेश्मा नेपाली रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बिराटनगर स्थित बिराट नर्सिङहोममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो बेलुकी पौने ७ बजे को ३८ प २२ ०३ नम्बरको मोटरसाइकलको पछाडी सवार उनले लगाएको लेहेङगाको सल मोटरसाइकलको चक्कामा बे’रीदा उनी मोटरसाइकलबाट ल’डेकी थिइन् ।
मोटरसाइकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय हरैचाले नियन्त्रणमा लिएको छ ।

यस्तै बाराको कलैया उपमहानगरपालिका–१८ मनगढवामा मंगलबार बेलुकी टेम्पोको ठ’क्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीया कौशिला देवी रहेकी छन् । टेम्पोको ठक्करबाट गम्भीर भाइते भएकी उनको उपचारका क्रममा नेशनल मेडिकल कलेज बिरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडक पार गर्दे गरेकी उनलाई हिजो बेलुकी ८ बजे ना १ ह ६० ८२ नम्बरको टेम्पोले ठ’क्कर दिएको थियो । टेम्पो सहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ ।

२०७९ जेष्ठ २८, शनिबार प्रकाशित 0 Minutes 110 Views

ताजा समाचार