२०७८ मंसिर १२ आईतवार

कुलमानलाई सर्त सहित चाबी बुझाउन तयार : साख्य

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबाट राजीनामा गर्न तयार रहे पनि अरु ठाउँमा विकल्प दिनुपर्ने बताएका छन् ।

उनले आरोप मात्रै लगाएर पदबाट हटाइए कानुनी प्रक्रियामा जाने पनि बताए ।

प्राधिकरणमा आफू आएपछि धेरै काम गरेको भए पनि नभनेकाले काम नगरेको जस्तो देखिएको उनको भनाइ थियो ।

उनले सरकारबाट राजीनामाका लागि कुनै निर्देशन वा अनुरोध नआएको दाबी पनि गरे ।

“राजीनामा गर्न निर्देशन वा अनुरोध आएको छैन । तर, सरकारले जे जिम्मेवारी दिन्छ, त्यो जिम्मेवारी लिन तयार छु ।

सरकारले दोष देखाएर होइन, अर्को ठाउँमा तपाईंको आवश्यकता छ भनेर लैजान्छ भने त्यहाँ जान तयार छु” बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ ।

२०७८ श्रावण २१, बिहीबार प्रकाशित 0 Minutes 124 Views

ताजा समाचार