२०७९ असार २१ मंगलवार

भिरबाट लडेर १७ वर्षीया अस्मिताको मृ’त्यु

भिरबाट लडेर रुकुम पश्चिममा १७ वर्षीया एक किशोरीको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्वर १ रुँघा निवासी अस्मिता चन्दको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको हो।

प्रहरीका अनुसार आइतबार रुँघा तलिगाउँको दिव्यचक्षु स्कुल नजिकैको भिरबाट लडेर अस्मिताको मृत्यु भएको हो। त्रिभुवन जनता माध्यमिक बिद्यालय मुसिकोट खलंगामा कक्षा ११ मा अध्ययनरत अस्मिता घरमा जम्मा भएको फोहोर फाल्न गएको बेला चिप्लिएर लडेको प्रहरीले जनाएको छ।

थप: काठमाडौं / अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङले पदभारको शपथ ग्रहण गरेका छन् । नेम्वाङसहितको नयाँ कार्यसमितिलाई बुधबार एन्फा मुख्यालयमा निर्वाचन समितिले शपथ ग्रहण गराएको हो ।

असार ६ गते भएको एन्फाको निर्वाचनबाट अध्यक्षमा नेम्वाङसहित अधिकांश उनकै प्यानलका उम्मेदवार विजयी भएका थिए । पार्क भिलेजमा भएको निर्वाचनमा नेम्वाङले ४५ मत प्राप्त गर्दा शेर्पा ३९ मतमा सीमित भएका थिए ।

सोमबार भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, उपाध्यक्षमा विराटजंग शाही, दीपक खतिवडा, दावा लामा र दीर्घबहादुर केसी विजयी भएका थिए ।

२०७९ असार ८, बुधबार प्रकाशित 0 Minutes 103 Views

ताजा समाचार