२०७९ असार २१ मंगलवार

बुद्धशान्तिमा हात्ती धपाउन गएका किशोरको सर्पले डसेर मृ’त्यु

झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा विषालु सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ । बुद्धशान्ति ५ का अजित तामाङको सर्पको डसाइबाट मृत्यु भएको हो ।

गाउँमा राति ९ बजे जंगली हात्ती आएको बेला हात्ती धपाउन निस्केका १५ बर्षीय किशोर अजित तामाङलाई बिषालु सर्पले डसेको थियो ।सर्पको डसाइबाट सिकिस्त भएका तामाङलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारालीमा उपचार सुरु गर्दा गर्दै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बुद्धशान्ति ५ खारखोलाका हुन् । उनले यसै वर्ष एसईई दिएका थिए । उनी फुटबल खेलाडी पनि थिए ।

थप:दमक । करेन्ट लागेर झापामा एक किशोरको मृत्यु भएको छ । झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका ५ फत्तेपुर बस्ने १७ वर्षीय रोहितसिंह गनगाईको करेन्ट लागेर मृत्यु भएको हो ।

छिमेकीको विवाहमा जेनेरटरको तार खोल्ने क्रममा करेन्ट लागेर गनगाई घाइते भएका थिए । घाइते भएका उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए

२०७९ असार ९, बिहीबार प्रकाशित 0 Minutes 101 Views

ताजा समाचार