२०७९ श्रावण २३ सोमबार

सुटिङ नै नगरी फर्कियो ‘प्रसाद २’को टिम

फिल्मको छायांकनका लागि ल्वाङ पुगेकी फिल्मको टिम फर्किएको छ । पोखरा विमानस्थलमा रहेका निर्देशक सुदर्शन थापाले फिल्मको छायांकन तत्काल हुन नसक्ने बताएका छन् ।

कलाकारहरुले २ सातादेखि वर्कशप गर्ने, गाउँ घुम्ने काम गरिरहेका थिए । तर, फिल्मको छायांकनका लागि सबै तयार गरेर क्यामेरा अन गर्दा कलाकारहरु नै तयार नभएको भन्दै लफडा झिकेपछि निर्माता केशव पाण्डे पनि विच्किएका थिए ।

निर्देशक सुदर्शन थापाले मेरो फिल्मसँग भने–‘२ हप्तादेखि कलाकारहरु गाउँ घुमेका छन्, वर्कशप गरेका छन् । तर, क्यामेरा अन भएपछि रेडी नै छैनौ भन्छन् । अनी कसरी काम हुन्छ ।’

कलाकारहरु रेडी नभएको बताएपछि निर्माता पाण्डेले पनि आफ्नो पनि केही कानुनी अड्चनहरु रहेकाले त्यसलाई नसकेसम्म काम नगर्ने बताएका थिए । उनले, आफूले फिल्म त गर्ने तर यस्तो अवस्थामा गर्न नसक्ने बताएपछि काम रोकिएको हो । अब, यो फिल्म कहिले बन्छ पक्का छैन ।

नम्रता श्रेष्ठ, विपिन कार्की, अर्पण थापा, राज कटुवाल लगायतका कलाकारको अभिनय रहेनगरि यो फिल्मको केही दिन अगाडि शुभसाइत भएको थियो । कलाकारहरुले ल्वाङ पुगेर त्यहाँको भाषा सिक्ने, गाउँ घुम्ने काम गरेका थिए । फिल्मका लागि सेट बनाउने काम पनि भैरहेको थियो ।

२०७९ श्रावण २, सोमबार प्रकाशित 0 Minutes 48 Views

ताजा समाचार