२०८० जेष्ठ १९ शुक्रबार

भारत भ्रमणबाट फर्किए लगत्तै प्रचण्डलाई रावलको खरो प्रश्न

नेकपा एमालेका नेता भीम रावलले माओवादी नेता पुष्पकमल दाहाल प्रचण्ड र भाजपा बीच दिल्ली भएको सहमतिले जनयुद्धको लक्ष्य र देश कमजोर भएको अभिव्यक्ति छन्।

सोमबार सामाजिक संजालमा एक स्टाटस लेख्दै रावलले भनेका छन्, ‘दिल्लीमा एक अर्काका देशमा संयुक्त कार्यक्रम गर्ने सहमति भयो रे१ यही हो ‘जनयुद्ध’ को लक्ष्य ? यस्तै कामकुराले देश कमजोर हुँदै छ। अझै प्रमपत्नी आरजु देउवा राणासँगको दिल्ली सहमतिको पर्दा खुल्न बाँकी छ। राष्ट्र हितप्रति खेलबाड र स्वार्थको भद्दा रुप।’

भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा गएका प्रचण्ड आइतबार स्वदेश फिर्ता भएका छन्।

उनले भारत भ्रमणमा रहँदा भाजपाका अध्यक्ष नड्डासहित भारतीय विदेशमन्त्री एस जयशंकरलगायतका नेताहरुसँग भेटवार्ता गरेका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिने भारत भ्रमण पुरा गरी नेपाल फर्किसकेका छन्। भारत भ्रमणका क्रममा भारतीय जनता पार्टीका विभिन्न नेतासँग भेट भए पनि प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने प्रचण्डको भेट भएन।

२०७९ श्रावण २, सोमबार प्रकाशित 0 Minutes 134 Views