सो सम्झौता अन्तर्गत जीएमसीले नेपाली कृषकलाई ५–५ महिना गरी दुईपटक कोरियाको सीप र प्रविधिको प्रयोगबारे तालिम प्रदान गर्नेछ । कोरियाको किम्जे र मुहानगुनमा नेपाली कृषकले काम गर्नेछन् । सम्झौता अनुसार कोरियाको विभिन्न नगरपालिकाले सो कार्यक्रममा सहभागी हुन चाहने कृषकसँग कृषि उद्यम केन्द्रमार्फत सहजीकरण गर्नेछ । नेपालमा भने कृषि उद्यम केन्द्रले यहाँको नगरपालिका तथा गाँउपालिकासँग समन्वय गरेर वास्तविक कृषक छनोट गर्नेछ ।
सो कार्यक्रमको लागि कोरिया जाने किसानले मापदण्ड अनुसारको सेवासुविधा पाउनेछन् भने न्यूनतम ८ घण्टा खेतीमा बिताउनु पर्नेछ । उक्त कार्यक्रममा नेपाली कृषकहरूलाई सहभागी गराउन पाउनु नेपाली कृषकका लागि महत्वपूर्ण खुट्किलो साबित हुने सभापति सुमार्गीले बताए । यो कार्यक्रमले कोरियन कृषि प्रविधि नेपालमा भित्र्याउन सहज हुने उनको भनाइ थियो ।
जीएमसीका मुनले ईपीएसबाट गएका नेपाली कामदारले गरेको कामबाट प्रभावित भएर नेपालमा कोरियन सीप तथा प्रविधि भित्र्याउन नेपाली कृषक लैजान आफूहरु तयार भएको बताएका थिए