२०७९ श्रावण २३ सोमबार

गुल्मीको एउटै पालिकामा भुस्याहा कुकुरले टोकेर एकै दिन ११ जना घाइते भएका छन्

गुल्मीको एउटै पालिकामा भुस्याहा कुकुरले टोकेर एकै दिन ११ जना घाइते भएका छन् । चन्द्रकोट गाउँपालिका–३, भुल्केमा सोमबार एउटै भुस्याहा कुकुरको टोकाइबाट ११ जना घाइते भएको चन्द्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाशचन्द्र शर्माले बताए ।

गाउँपालिकाको केन्द्र रहेको चन्द्रकोट बजार आसपासको क्षेत्रमा एक्कासि भुस्याहा कुकुरले मान्छे र अन्य कुकुरहरूलाई पनि टोक्ने, चिथोर्ने गर्दै हिँडेपछि उक्त कुकुरलाई नियन्त्रणमा लिइएको छ,’ उनले भने ।

शर्माका अनुसार घाइते भएकाहरूमध्ये ७ जनालाई चन्द्रकोटमै रेविज विरुद्धको सुई लगाएर सामान्य उपचारपछि घर फिर्ता गरिएको छ भने ४ जनालाई गहिरो घाउ लागेका कारण थप उपचारका लागि गुल्मी जिल्ला अस्पताल पठाइएको छ ।

 

भुस्याहा कुकुरलाई स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिई रेविज लागे/नलागेको पहिचानका लागि १० दिनसम्म निगरानीमा राख्ने व्यवस्था गरेको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले बताए

 

। उक्त कुकुरले टोकेका अन्य कुकुररूलाई पनि बुधबार रेविज विरुद्धको सुई लागाइने उनको भनाइ छ ।

२०७९ श्रावण ४, बुधबार प्रकाशित 1 Minute 67 Views

ताजा समाचार