२०७९ श्रावण २३ सोमबार

पृथ्वीदेखि चन्द्रमा-मंगल ग्रहसम्म ‘अन्तरिक्ष रेल’ चलाउने योजना

सुन्दा कुनै ‘साईफाई’ चलचित्र जस्तो लाग्छ । पृथ्वीदेखि चन्द्रमा र चन्द्रमादेखि मंगल ग्रहसम्म चल्ने रेल । नेपालमा भर्खरै पूर्व पश्चिम रेलको लिक निर्माण थालनी भइरहेको बेला जापानमा पृथ्वीदेखि मंगल ग्रहसम्म चल्‍ने रेलबारे अनुसन्धानकर्ताहरुले योजना सुनाइरहेका छन् ।

 

जापानको क्युटेक विश्वविद्यालयको ह्युमन स्पेसोलोजी सेन्टरका अनुसन्धानकर्ता र जपानी काजिमा कर्पोरेसनले जुलाई पहिलो साता पृथ्वीदेखि मंगल ग्रहसम्म चल्‍ने रेलको योजनाबारे जानकारी गराएका छन् ।

यो ट्रान्सपोर्टेसन प्रणालीलाई ‘हेग्जागन स्पेस ट्रयाक सिस्टम’ नाम दिइएको छ । जहाँ ‘अन्तरिक्ष रेल’ प्रयोग हुने छ । यो रेल पृथ्वी,चन्द्रामा र मंगल ग्रहबीच चल्नेछ । यो रेलका स्टेसनहरू ग्रहलाई परिक्रमा गर्ने उपग्रहहरूमा हुन जापानी पत्रिकार ‘द आशाही सिम्बुन’लाई उद्धृत गर्दै युकेको ‘इभिनिङ स्ट्यान्डर्ड’ पत्रिकाले लेखेको छ ।

स्पेसोलोजी सेन्टरका निर्देशक युशोके यामाशिखीले गत जुलाई पहिलो साताको पत्रकार सम्मेलनमा ‘अन्तरिक्षमा विकासमा यस किसिमको अन्य योजना अन्य कुनै देशहरूले गरेका छैनन्’ भनेका थिए । उनले आफूहरुको योजना भविष्यमा मानिसहरुलाई अन्तरिक्षमा बस्‍न सक्ने प्रविधिको विकासमा सघाउ पुर्‍याउने पनि जनाएका छन् ।

अनुसन्धानकर्ताहरुले यो योजना सार्वजनिक गरिरहँदा भने यसको लागत भने धेरै नै खर्चिलो हुनेछ । उनीहरुले एउटा सामान्य प्रोटोटाइप चाहिँ सन् २०५० सम्ममा प्रयोग गर्ने तयारी गरेका छन् । उनीहरुले सार्वजनिक गरेको योजना कार्यान्वयन र निर्माणमा सय वर्ष लाग्‍ने जनाएका छन् ।

 

उक्त पत्रकार सम्मेलनमा ह्युमन स्पेसोलोजी सेन्टरले भनेको छ,’अब मानव जाती पृथ्वीमा बस्ने युगबाट चन्द्रामा र मंगल ग्रहमा बस्‍ने युगतिर लम्कदै गइरहेको छ । ‘

योजना सार्वजनिक भएपनि कस्तो किसिमको वातावरण र अन्य सुविधाहरु आवश्यक पर्ने भन्नेबारे अध्ययन भइसकेको छैन । कस्ता प्रविधिहरुले अन्तरिक्ष रेलमा खाना,पोशाक,बसाई र अन्य सामाजिक जीवन कस्तो हुने भन्नेबारे अध्ययनले भनिसकेको छैन

२०७९ श्रावण ४, बुधबार प्रकाशित 1 Minute 52 Views

ताजा समाचार