
बेला बखतमा जानापनमा नेपालीहरुको कृयाकलापले नेपाल र नेपाली प्रतिको गरिमा घट्दैं गएकोमा धेरैलाई चिन्ता बढेको बढाएको छ ।
जापानमा ज्ञान अनि धन आर्जन गर्न आएका हामी एक आपसमा झगडा गर्दै हिड्छौँ भने जापान आउनुको अर्थ नै के रहन्छ र।
अझ आफ्नो सन्तानका सुन्दर भविश्यको लागी ठूलो रकम ऋण, धन गरेरे पठाएका अभिभावकहरुले आफ्ना छोराछोरा बिदेशमा यस्तो गतिविधीमा लाग्दा कस्तो महशुस गर्लान ? सबैको लागी सोचनीय विषय बनेको छ।
गत शनिबार नागोयामा भएको एक कार्यक्रममा युवाहरु बिच झडप हुदा दर्जनौं घाईते भएका छन्। एकको अवस्था गम्भिर रहेको छ। घाईतेको नाम भनेर सार्वजनिक गरिएको छैन ।
उक्त गम्भिर बिरामीलाई भेट्न अस्पताल पुगेका एनआरएनए आईसिसि सदस्य दिपक कार्कीका अनुसार बुधवार एउटा अप्रेशन भएको बताए। चिकित्सकका अनुसार फेरी अर्को अप्रेशन गर्न पर्ने बताईएको छ।
नेपालीको यस्तो गतिविधीले जापानमा नेपालीका लागि भनेर खोलिएका संघ -संस्थाको लागि थप चुनौती थपिएको सञ्चारकर्मी समेत रहेका स्याङ्जा समाज नागोयाका अध्यक्ष निशान रानाले बताए।
घटनाको अनुसन्धान भई रहेको बताईएको छ। थप जानकारी पछि गराइने छ ।