२०७९ चैत्र १८ शनिबार

गायक सन्तु थापाको तीज लक्षित ‘साँच्चै राम्री छु र !’ बजारमा

गायक सन्तु थापाको ‘साँच्चै राम्री छु र’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक तीज लक्षित गीतमा गायिका टीका पुन र गायक थापाको स्वर सुन्न सकिन्छ ।

 

खेम सेन्चुरीको संगीत, नेत्र अर्यालको शब्द, नवराज उप्रेतीले छायांकन रहेको यो गीतमा नवीन लामा, सन्तोष गुरुङ, पुनम श्रेष्ठ, सदीक्षा थापालगायतको अभिनय रहेको छ ।

सन्तोष गुरुङको निर्देशनमा तयार गीतको म्युजिक भिडियोलाई पदम सुवेदीले संपादन तथा मिलन विश्वकर्माले कलरिङ गरेका हुन् ।

नेपाली मौलिक संस्कृति, टिपिकल नेपाली गीत संगीतलाई विशेष प्राथमिकता दिने गरेका गायक थापाले त्यसकै निरन्तरता स्वरुप ‘साँच्चै राम्री छु र’ बोलको गीत बजारमा ल्याएको बताए ।

 

२०७९ श्रावण ७, शनिबार प्रकाशित 1 Minute 109 Views