२०७९ चैत्र १८ शनिबार

इरानमा बाढीका कारण २१ को मृ*त्यु

इरानको फार्स प्रान्तमा अत्यधिक वर्षाका कारण आएको बाढीबाट कम्तीमा २१ जनाको मृत्यु भएको छ । अरु थुप्रै मानिस हराइरहेका छन् ।

सरकारी अधिकारीहरूका अनुसार अहिले बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी र स्वयंसेवकहरू उद्धारका लागि खटिएका छन् । यस्तै इस्ताहबान क्षेत्रमा अत्यधिक वर्षाका कारण बाढी आउँदा त्यहाँको जनजीवन नराम्ररी प्रभावित बनेको बताइएको छ ।

बाढी प्रभावित क्षेत्रमा कार तथा अन्य सवारी साधन डुबाउँदै गरेका दृश्य सामाजिक सञ्जालमा समेत सार्वजनिक भएका छन् । यस क्रममा मानिसहरू सुरक्षित स्थानतर्फ भाग्दै गरेका भिडियो सामाजिक सञ्जालमा व्यापक रुपमा सेयर गरिएका छन् ।

प्रान्तीय विपद्‍ व्यवस्थापन विभागका प्रमुख खलिल अब्दोल्लाहीले जनाए अनुसार कम्तीमा ५५ जनालाई बाढीबाट उद्धार गरिएको रोयटर्समा उल्लेख छ । इरानका कतिपय स्थानमा केही दिनदेखि नै भारी वर्षा भएको छ ।

पछिल्लो दशकमा बारम्बार उच्च खडेरीको सामना गरिरहेका इरानी नागरिकहरू सँगसँगै भारी वर्षा र बाढीमा पनि ज्यान गुमाउन बाध्य भएका छन् । विज्ञहरू भने जलवायु परिवर्तनका कारण यस्तो अवस्था आएको बताउँछन् ।

जसकारण खडेरी, भारी वर्षा र आँधीलाई समेत निम्त्याएको हुन्छ । २०१९ मा इरानको दक्षिणी क्षेत्रमा भारी वर्षा र डुबानले कम्तीमा ७६ जनाको मृत्यु भएको थियो । जहाँ २ बिलियन अमेरिकी डलरभन्दा बढीको क्षति भएको बताइएको थियो । यसै वर्षको जनवरीमा भने बाढीका कारण केही मानिसको मृत्यु हुनुका साथै धेरै क्षति भएको थियो ।

२०७९ श्रावण ७, शनिबार प्रकाशित 0 Minutes 152 Views