२०७९ श्रावण २३ सोमबार

भक्तपुरको सल्लाघारीमा रुख ढलेर बसलाई किच्यो

भक्तपुरको सल्लाघारीमा गुडिरहेको बस र स्कुटरलाई सल्लाको रुढ ढलेर किचेको छ ।

दुर्घटनामा परेर १५ जना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले बताए ।

काठमाडौंबाट भक्तपुरको दुधपाटीतर्फ जाँदै गरेको बा. २ ख ३५८४ नम्बरको मिनिबस र बा.६१ प ३९७८ नम्बरको स्कुटरलाई रुखले किचेको थियो ।

सडकको विपरित तर्फबाट सल्लाको रुख ढलेर किच्दा घाइते भएकाहरुलाई उपचारका लागि अस्पतालमा पठाइएको छ ।

२०७९ श्रावण ८, आईतवार प्रकाशित 0 Minutes 60 Views

ताजा समाचार