
पोखरा महानगरपालिका वडा नम्बर १४, खाल्टेमसिना स्थित जागृति मार्गमा एक युवक झुन्डिएको अवस्थामा फेला परेको छ ।
स्याङ्जाको विरुवा घर भएका १९ वर्षीय राम गुरुङ खाल्टेमसिनामा सरस्वति गाैतमकाे घरमा डेरा लिई बस्दै आएका थिए ।
शनिबार राति २ बजेसम्म पब्जि खेलेर बसेका उनी सुत्ने बेलामा ट्वाइलेट जान कोठा बाहिर निस्केकाे बताइन्छ ।
आइतबार बिहान घरको ट्वाइलेटकाे पिल्लरकाे रडमा पासाे लगाई झुन्डिएको अवस्थामा उनी फेला परेका हुन् ।
कास्कीका निमित्त प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेकाे जनाएका छन् । ‘घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अहिले शवलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ,’ डिएसपी तिवारीले भने ।