२०७९ चैत्र १८ शनिबार

धादिङमा पहिरोमा पुरिएर एकको मृ*त्यु

धादिङ — धादिङको निलकण्ठ नगरपालिका–४ बेसारे बेंसीघरमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

स्थानीय भरत रानाको घर पुरिँदा उनकी बुहारी शर्मिला राना मगरको मृत्यु भएको त्यहाँका वडाध्यक्ष हरि श्रेष्ठले जानकारी दिए ।

 

रातिदेखि परेको पहिरोले घर पुरिँदा उनको मृत्यु भएको हो । पहिरोले पुरिएर बेपत्ता भएकी उनको सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले शव निकालेका थिए ।

 

बाढीपहिरोले जिल्लाका विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ । धादिङबेंसीको अरुण खोलामा बाढी आउँदा भौतिक क्षति हुन पुगेको छ ।

बाढीले खेत, टहरा सामानहरु समेत बगाएको छ भने खोला किनारका घरहरु जोखिममा परेका छन् ।

२०७९ श्रावण १०, मंगलवार प्रकाशित 1 Minute 128 Views