२०७९ श्रावण २३ सोमबार

एसिड छ्याप्छु भन्दै भिडियो बनाउने युवक पक्राउ

सडकमा हिँडिरहेकी एक महिलालाई एसिड प्रहार गर्ने धम्की दिँदै गरगहना र नगद लुटेको प्रांक भिडियो बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नवलपरासीबाट ती युवकलाई पक्राउ गरेको हो ।

बाटोमा हिँडिरहेका महिलासँग भएको मोबाइल, पैसा माग्ने नत्र एसिड छ्याप्छु भन्दै धम्क्याएर भिडियो बनाउने ‘बदमास केटा’ नामक युट्युब च्यानल संचालक पूर्णचन्द्र भुसाललाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

भुसालले यही साता एक महिलालाई धम्क्याएर पैसा र गहना माग्दै गरेको भिडियो सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा पनि उक्त भिडियो व्यापक रुपमा सेयर भएपछि प्रहरीले चासो देखाएको हो ।

पूर्वी नवलपरासी हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ बस्ने २६ वर्षीय भुसाललाई सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

भिडियो भाइरल बनाउने नाममा नकारात्कम सन्देश प्रवाह भएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

 

यद्यपि त्यस्तो भिडियो बनाएर ती महिलासँग लिएको समान पछि ती युवकले फिर्ता दिएको अनुसन्धानबाट खुलेको छ । सामान फिर्ता दिए पनि एसिड हान्छु भनेर धम्क्याउँदा गलत सन्देश प्रवाह भएको प्रहरीको ठहर छ ।

ती युवकलाई विद्युतीय कारोबार ऐन अनुसार काठमाडौंमा मुद्दा दर्ता गरिएको र अदालतले मंगलबार एक साताको म्याद थपेर अनुसन्धान सुरु गरेको प्रहरीले एक विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

 

 

२०७९ श्रावण १०, मंगलवार प्रकाशित 1 Minute 67 Views

ताजा समाचार