
भारतको हरियाणामा एक जना टिपर चालक डीएसपीमाथी टिपर चढाएर फरार भएका छन्। मेवात जिल्लाको तवाडुमा डीएसपी सुरेन्द्र सिं माथी टिपर चालकले टिपर चढाएर मारी फरार भएको हरियाणा प्रहरीले जनाएको छ ।
अवैध उत्खन्न भइरहेको अरावली पहाडी क्षेत्रमा रेडु गर्न गएका उनलाई चालकले किचेर मारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। डीएसपी सिंहले चालकसँग चेकजाँच गर्ने क्रममा किचेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार एजेन्सी एनएनआईले उल्लेख गरेको छ
डीएसपी सिंहले चालकसँग कागजपत्र मागेका थिए। तर चालकले रोक्नुको सट्टा झनै तेज गतिमा गाडी कुदायो। सँगै रहेका दुई जना आफ्नो ज्यान बचाउन सफल भए पनि टिपर चालकले डीएसपी सिंहलाई किच्दै भागेका थिए, प्रत्यक्षदर्शीले भनेका छन्। हरियाणा प्रहरीले ड्युटीका दौरान भएको घटनाको निन्दा गर्दै अपराधिलाई न्यायको कठघरामा उभ्याइछाड्ने बताएको छ।