
बागलुङ जैमिनी नगरपालिका वडा न.९का वडा अध्यक्षले २५ बर्षिया युवतीलाई गर्भवती बनाएर राखेको खबर बाहिरिएको छ । अध्यक्ष सन्दिप थापा ‘ईन्द्र’ले अवैध सम्बन्धबाट जिल्लाको ताराखोला गाउँपालिकाकी एक २५ बर्षीय युवतिलाई ४३ बर्षीय थापाले गर्भवति बनाई बागलुङ बजारको एक घरमा राखेको श्रोतले बताएको छ ।
घरमा एक श्रीमति ३ छोरी र १ छोरा रहेका थापाले अबैध सम्बन्धबाट युवतिलाई गर्भवति बनाएपछि उनलाई बाहिर हिँडडुल गर्न समेत नदिने गरेको पारिवारिक श्रोतले बतायो ।
नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष जितेका थापाले आफु अविवाहित रहेको भनि ढाँटेर ति युवतिसँग शारीरिक सम्बन्ध गाँसेकोे परिवारको दाबी छ । पारिवारिक श्रोतका अनुसार युवतिलाई पटक–पटक गर्भपतन गराएको र तेस्रो पटक गर्भपतन गराउँदा स्वास्थ्यमा जटिल समस्या आउने बताए पछि त्यसो नगरिएको बताईएको छ ।