२०७८ मंसिर १२ आईतवार

चितवनमा निषेधाज्ञा : के के खुल्ने कहिले कहीले खुल्ने हेर्नुहोस

 

चितवनको निषेधाज्ञामा पुनः कडाई गरिएको छ । यस अघि क्रमशः खुकुलो बनाईदै आएको निषेधाज्ञा संक्रमण बढ्दै गएपछि कडाई गरिएको हो ।प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारी गर्दै साउन २४ गते रातीदेखि लागू हुने गरी निषेधाज्ञामा कडाई गरिएको हो । निषेधाज्ञा साउन ३२ गतेसम्म जारी रहने छ ।

जारी आदेशमा खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछा/मासु, अण्डा, चल्ला, दाना खान पकाउने ग्याँस पसल, एग्रोभेट, बीउबिजन, रासाायनिक मल र भेटेनरी औषधि पसल, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्म मात्रै संचालन गर्न पाइने व्यवयवस्था गरिएको छ । दूध डेरीको हकमा बेलुका ५ बजेदेखि ७ बजेसम्म समेत सञ्चालन गर्न पाईने छ ।

यस्तै अन्य पसलहरु आईतबार, मंगलबार र बिहिबार दिउँसो १२ देखि ६ बजेसम्म सञ्चालन गर्न पाईने व्यवस्था गरिएको छ ।निजी तथा सार्वजनिक सवारी साधनको हकमा जोर गते जोर नम्बर र विजोर गरे विजोर नम्बर मात्रै सञ्चालन गर्न पाईने छ ।

२०७८ श्रावण २४, आईतवार प्रकाशित 1 Minute 206 Views

ताजा समाचार