२०७९ आश्विन १० सोमबार

प्रेमीले धोका दिएको भन्दै एक २१ वर्षीया छात्राले गरिन आत्मह´त्या

लाउलाउ खाउखाउ भन्ने कलिलै उमेरमा संसार छोडिन, कारण थाहा पाउदा सबैको आखा रसाउछ

प्रेमीले धोका दिएको भन्दै एक २१ वर्षीया छात्राले आत्महत्या गरेकी न् ! सुष्मा कलेज इटहरी कक्षा १२ मा म्यानेजमेन्ट पढ्दै गरेकी घिमिरेले आफ्नो प्रेमीले चिट गरेको हुनाले आत्माहत्या गरेको बुझिएको छ ।

इटहरी सुष्मा कलेजमा कक्षा १२ मा अध्ययन गर्दै आएकी उनले कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काले बताएका छन् ।

उनी इटहरी दिदी भिनाजुकोमा बस्ने गरेकी थिइन् ।अाफन्तका अनुसार सोमबार साँझ ५ बजेतिर कोठा खोल्ना नखोलिएपछि ढोका फोरेर हेर्दा सलको पासो लगाएको अवस्थामा भेटिएकी हुन् ।

मृतकको पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

उनले आत्महत्या गर्नु आगाडी कुनै केटिको लाइफ सँग खेल्नु हुन्न नि केटाहरु भन्दै एक भिडियो समेत सेयर गरेकी थिइन् !

उता मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा ट्रक कन्टेनरभित्र शव भेटिएको छ । ना ३ ख ४७४३ नं को ट्रक कन्टेरभित्र मंगलवार (आज) बिहान एक पुरुषको शव भेटिएको हो ।

अन्दाजी ३०–३५ वर्षको पुरुषको शव ट्रकभित्र फेला परेको प्रहरीले जनाएको छ । कन्टेनर केही दिनदेखि त्यहाँ रोकेर राखिएको थियो । शवको पहिचान नखुलेको मोरङ प्रहरीले जनाएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीको टोली पुगेर थप घटनाको अनुसन्धान शुरु गरेको छ ।

जिल्ला अदालत सुनसरीले ४ वर्ष अघि कैद र जरिवाना सजाय सुनाएका धरान-१७ का फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह आरआइटीबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत सुनसरीको मिति २०७६।०६।३० गतेको सजाय निर्धारण फैसला आदेशले ९ महिना २३ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेका धरान उपमहानगरपालिका-१७ डाडाँघोपा बस्ने २८ वर्षीय सोमान खत्रीलाई खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेका फरार प्रतिवादी खत्रीलाई सुनसरी जिल्ला अदालतले कैद भुक्तानको लागी झुम्का कारागार सुनसरी पठाएको छ ।

२०७९ श्रावण २४, मंगलवार प्रकाशित 1 Minute 103 Views

ताजा समाचार